"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

बैंक तथा वित्तीय संस्था गाभ्न अभिप्रेरित गर्दै सरकार

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने सङ्केत गरेको छ ।

सरकारका एक वरिष्ठ मन्त्रीले नै आज बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन तथा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सुझाव दिएको हो । वित्तीय स्थायित्व तथा सबलीकरणका लागिसमेत बलिया संस्था बन्नुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले घराना मिल्ने तथा एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन पुनः सुझाव दिएको हो । बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्दै गुणात्मक सेवा विस्तार गर्नु जरुरी रहेको भन्दै उनले सबल र समृद्ध बैंकिङका लागि एकापसमा मिल्न आग्रह गरेको हो । सरकारको आग्रहलाई स्वीकार गर्दै ग्लोबल आइएमई बैंक र जनता बैंक एकापसमा गाभिएर संयुक्त कारोवारसमेत शुरु गरिसकेका छन् । अन्य केही बैंक तथा वित्तीय संस्थासमेत गाभिने प्रक्रियामा छन् ।

सरकारले बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउन प्रेरित गरिरहेको भन्दै उनले सरकारको आग्रहलाई स्वीकार गरेको खण्डमा थप सहुलियतसमेत दिलाउने विश्वास व्यक्त गरे । राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “घराना मिल्ने र एकै प्रकृतिका कारोवार गर्ने बैंक तथा वित्तीय संस्था एकापसमा गाभिनुपर्छ, त्यसतर्फ नगई सुखै छैन ।” २७ वटै वाणिज्य बैंक चाहिन्छ भन्ने नरहेको उल्लेख गर्दै उहाँले नेपाल राष्ट्र बैंकले पनि संस्था एकापसमा गाभिन प्रोत्साहित गरिरहेको उल्लेख गरे ।

२०७६ माघ १० गते शुक्रवार २०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु