आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको छ : गभर्नर नेपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन्। बैंकको प्रवद्र्धनमा मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को आज यहाँ उद्घाटन गर्दै उनले भने, “एउटै व्यक्तिलाई दश वटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।”
डा नेपालले सानो गल्तीका कारण व्यक्ति, परिवार र समाजलाई बेफाइदा भइरहेकाले आर्थिक कारोवार गर्दा खेलबाड गर्न नहुने बताउँदै पैसालाई सहीरुपमा उपभोग गर्न सकेको अवस्थामा मानिस जीवनमा सफल हुने विश्वास व्यक्त गरे।
२०७६ माघ १० गते शुक्रवार २०:१७ बजे प्रकाशित