कोरोना अपडेटः विश्वभर २ लाख ३४ हजारको मृत्यु, एकै दिन ५ हजार ८०० को ज्यान गयो

जेनेभा। कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाकाे अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।
२०७७ वैशाख १९ गते शुक्रवार १७:४७ बजे प्रकाशित