"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

लगडाउनको मौका छोपी कालोबजारी गर्नेबाट ७० लाखभन्दा बढी असुल

काठमाडाै‌ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा रु ७० लाख ६५ हजार कारवाही स्वरुपको जरिवाना असुल गरेको छ ।

यस अवधिमा विभागले काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा कारवाहीस्वरुप व्यवसायीबाट उक्त रकम असुल गरेको हो । विभागका अनुसार यो लकडाउनपूर्व भन्दा बढी हो । सरकारले गत चैत ११ गतेदेखि नै देशभरि लकडाउन जारी गरेको थियो ।

विभागले गरेको विशेष अनुगमनका क्रममा सबैभन्दा बढी स्वास्थ्य सामग्रीका पसलमा अनियमितता पाएपछि जरिवानास्वरुप रकम असुलउपर गरेको हो ।

व्यवसायीले बढी मूल्य लिएको, दर्ता प्रमाणपत्र देखाउन नसकेको, नवीकरण नगरेको, अनुगमन टोलीलाई असहयोग गरेको र खरिद बिक्री बिल देखाउन नसकेकाले विभागले कारवाही गरी रकम असुल गरेको हो ।

विभागले हरेक दिन आठजनाको टोली बनाएर बजार अनुगमनलाई तीव्रता दिदै आएको छ ।अनुगमनका क्रममा रु पाँच हजारदेखि रु तीन लाखसम्म असुलउपर गर्न पाउने अधिकार कानूनीरुपमा रहेको छ ।

विभागका निरीक्षण अधिकृत दीपकराज पोखरेलका अनुसार लकडाउनयता २४५ वटा पसलको अनुगमन गरिसकेको छ ।

जहाँ सबैभन्दा बढी खाना पकाउने ग्यास ८० वटा पसलको अनुगमन गरेको छ । औषधि पसलको १९, खाद्यान्न ४६, डेरी तीन, तरकारी तीन, फलफूल चार, पेट्रोल पम्प २३ र सुपरमार्केटलगायत पसलको अनुगमन गरिसकेको छ ।

२०७७ वैशाख १९ गते शुक्रवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु