"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । । आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो ।

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ ।

अझै पनि सीमावर्ती भारतीय बजार रक्सौल भन्दा वीरगञ्जमा पेट्रोल ३०.७१ रुपैंया र डिजेल ३७.२७ रुपैंया सस्तो रहेको निगमले जनाएको छ ।

२०७७ साउन ३२ गते आइतवार १९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु