"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

११ जना कर्मचारीमा कोरोना संक्रमणपछि भैरहवा डिपो पाँच दिन बन्द

काठमाडौं । नेपाल आयल निगम ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि डिपो पाँच दिन बन्द गरिएको छ । डिपोमा कार्यरत तीन कर्मचारी, मातहतका पेट्रोल पम्पका तीन र हवाई इन्धन डिपोका पाँच जना गरी आइतबार एघार जनामा कोरोना संक्रमित भेटिएपछि डिपो बन्द गरिएको हो । कर्मचारीमा संक्रमण देखिएपछि डिपो बन्द गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणलाई सहज र सरल ढंगबाट पेट्रोलियम पदार्थ वितरण गर्न अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने तयारी गरिएको छ । डिपो बन्द अवधिभर भैरहवा क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट आवश्यकतानुसार उतैका ट्यांकरबाट ढुवानी गरी डिपोमा स्टक ट्रान्सफरको व्यवस्था मिलाइएको छ ।

“डिपोमा रिजर्भमा राखिएका कर्मचारीबाट बिक्रीवितरणको व्यवस्था मिलाउन प्रादेशिक कार्यालयमा खबर गरिसकेका छौँँ”, उनले भने, अबको सात दिनपछि पेट्रोल पम्प, हवाई इन्धन डिपो बन्द गरिनेछ ।”
(((

२०७७ साउन ३२ गते आइतवार १८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु