"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

किसानलाई प्रतिअन्डा तीन रुपैयाँ नोक्सान

काठमाडौं । पशुसेवा विभागले अन्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अन्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो ।

अन्डा उत्पादनको लागत मूल्य तथा बजारीकरणसम्बन्धी देशका सातवटै प्रदेशका साना, मध्यम र ठूला व्यावसायिक कुखुरा फार्मको अध्ययन गर्दा अन्डा उत्पादक किसानलाई प्रतिअन्डा झन्डै तीन रुपैयाँ नोक्सान भएको उल्लेख गरिएको छ ।

अध्ययन अनुसार अन्डाको ‘फार्म गेट’ मूल्य आठ रुपैयाँ ६७ पैसा थियो भने अन्डाको अन्डा उत्पादन लागत ११ रुपैयाँ ५३ पैसा थियो । अन्डाको फार्म गेट मूल्य र उत्पादन लागत मूल्यको विश्लेषण गर्दा प्रतिअन्डा किसानलाई दुई रुपैयाँ ८६ पैसा नोक्सान भएको देखिन्छ ।

२०७६ फागुन २९ गते बिहीवार १०:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु