"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

युरोप र अमेरिकामा कोरोना संक्रमण ह्‍वात्तै बढ्यो , इटालीमा एकैदिन १९६ को मृत्यु

एजेन्सी। विश्वव्यापी रूपमा फैलिइरहेको नोबल कोरोना (कोभिड–१९)संक्रमितको संख्या युरोप र अमेरिकामा ह्वात्तै बढेको छ ।कोभिड–१९ का कारण इटालीमा हालसम्म ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा बुधबार मात्रै थप १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १३ जनामा संक्रमण देखिएको छ । संक्रमण अनियन्त्रित भएसँगै तीन दिनयता इटालीले सबै सीमा बन्द गरिसकेको छ । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले ५ करोड ८० लाख मानिस कोभिड–१९ को संक्रमणको जोखिममा रहेको बताएकी छन् । उक्त संख्या देशको जनसंख्याको करिब ७० प्रतिशत हो । स्पेनमा हालसम्म २ हजार २ सय ७७ र फ्रान्समा २ हजार २ सय ८१ जना संक्रमित भइसकेका छन् । बिहीबार बिहानसम्म स्पेनमा ५५ र फ्रान्समा ४८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या १ हजार ३ सय १२ पुगेको छ भने ३८ जनाले ज्यान गुमाएका छन् । अधिकारीका अनुसार वासिङ्टन, न्युयोर्क, क्यालिफोर्नियालगायत सहरमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

युरोपेली देशहरू इटाली, जर्मनी, बेलायत र फ्रान्स सबैभन्दा बढी प्रभावित भएका छन् ।

२०७६ फागुन २९ गते बिहीवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु