"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

शेयर बजार कोरोनाकाे सन्त्रासमा : ६ प्रतिशतले घट्यो नेप्से, लगानीकर्ता आत्तिँदा शेयर विक्रीमा दबाब

काठमाडौं । कोरोना भाइरसको त्रास विश्व शेयरबजारमा देखिएसँगै नेपाली शेयरबजारमा पनि मंगलबार पहिरो गयो । लगानीकर्ता आत्तिँदा शेयर विक्रीमा दबाब पर्‍यो र मागको दाँजोमा आपूर्ति निकै बढेपछि बजार ओरालो लागेको थियो ।

कारोबार शुरु भएको पहिलो १ घण्टा नबित्दै नेप्से परिसूचक ४ प्रशितशतले घट्दा नकारातमक सर्किट लागी २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि लगानीकर्ताले विक्रीको आदेश बढाए । कारोबार खुलेपछि ५ प्रतिशतले परिसूचक घट्यो र ४० मिनेटका लागि कारोबार रोक्का गरिएको थियो । २ घण्टा १३ मिनेट (अर्थात् १ बजेर १३ मिनेट) मा बजार ६ प्रतिशतले घटेपछि बाँकी अवधिको कारोबार स्थगित भएको थियो । यस दिन नेप्से परिसूचक ८६ दशमलव ३९ अंक अर्थात् ६ दशमलव ३९ अंक अर्थात् ६ दशमलव शून्य २ प्रतिशत घटेर १ हजार ३४९ दशमलव ३१ विन्दुमा बन्द भएको थियो ।

नेपाल स्टक हाउसका ब्रोकर इश्वरी रिमालले संसारको शेयरबजारमा त्रास फैलिएको कोरोनाकै कारण नेपालको शेयरबजारमा पनि त्रास देखिएको बताए । रिमालका अनुसार दैनिक रु ३०–४० करोडको कारोबार भइरहेको बजारमा रु। ४/५ अर्बको कारोबार हुनु भनेको क्षमताभन्दा बढीको कारोबार हो ।

२०७६ फागुन २८ गते बुधवार १०:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु