आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायूको प्रभावका काराण हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा दिउसो र साँझपख मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
त्यस्तै पूर्वानुमानका अनुसार देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
२०७६ फागुन २९ गते बिहीवार १०:०५ बजे प्रकाशित