कोरोना भाइरसको त्रासले मास्कदेखि ग्याससम्म कालोबजारी, ग्याँस लगायत उपभोग्य सामानमा कालोबजारी गरे ५ वर्ष कैद
काठमाडौँ । सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाइए पाँच वर्षसम्म कैदको सजाय दिने निर्णय गरेको छ ।
शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो ।
बैठकले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय समेत गरेको छ ।
कोरोना भाइरसको त्रासले मास्कदेखि ग्याससम्म कालोबजारी हुने गरेको सर्वसाधारणको गुनासो छ ।
२०७६ चैत ७ गते शुक्रवार १७:४९ बजे प्रकाशित