फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।
सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ चैत ७ गते शुक्रवार १२:५२ बजे प्रकाशित