"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

विभागको आयोजनामा विश्व उपभोक्ता अधिकार दिवसको कार्यक्रम सम्पन्न

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजनामा विश्व उपभोक्ता अधिकार दिवस आज मार्च १५ मा आफ्नै विभागको प्राङगणमा एक कार्यक्रमका माझ सम्पन्न गरिएको छ । “उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता” भन्ने मुल नारा रहेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रि लेखराज भट्ट, मन्त्रालयका सचिवहरु र सरकारी निकायका पदाधिकारी, उपभोक्ता अधिकारकर्मि, मिडियाकर्मी लगायत आम उपभोक्ताहरुको उपस्थीतिमा सम्पन्न भएको हो ।


दिवसका अवसरमा विभागले लामो समय देखि उपभोक्ता अधिकारका विषयमा सक्रिय अधिकारकर्मिहरु र मिडियाकर्मीहरुलाई सम्मान समेत गरेको थियो । अधिकारकर्मिहरुले उक्त कार्यक्रममा दिवसको शुभकामना व्यक्त गर्दै आम उपभोक्ताको व्यवहारीक अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने भनाई राखेका थिए ।

कार्यक्रममा विभागले एक वर्ष सम्म गरेका कार्यविवरण र प्रगतीका बारेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक नेत्र सुवेदीले प्रतिवेदन पनि व्यक्त गरेका थिए । कार्यक्रमको प्रमुख अतीथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्टले सबैको समन्वयात्मक भुमीकाको खाचो परेको र अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताए । सरकार, सरोकावाला निकाय, उपभोक्ता अधिकारकर्मी र आम उपभोक्ताहरु बिच एउटै समझदारी हुनुपर्ने बताए ।

दिवसका अवसरमा विभागले सचेतना अभिवृद्धि गर्ने वृत्तचित्र, स्टीकर तथा बुलेटिन समेत प्रकासन र प्रशारण गरेको थियो । अधिकाशं वक्ताहरुले बर्तमान समयको कोरोना भाईरसको त्रासबाट सचेत हुन र आपूर्ति सन्तुलनलाई व्यवस्थापन गर्न जोड दिएका थिए । कार्यक्रममा विभिन्न स्थानबाट उपभोक्ताहरुको समेत उल्लेखनीय सहभागीता रहेको थियो ।

कञ्जुमर आई नेपाल सम्मानीत

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजनामा विश्व उपभोक्ता अधिकार दिवस अवसरमा आयोजीत कार्यक्रममा यो बर्ष उत्कृष्ट भएको भन्दै कञ्जुमर आई नेपाल सम्मानीत भएको छ । कञ्जुमर आई नेपाल कि अध्यक्ष विमला खनालले उक्त सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।

२०७६ चैत २ गते आइतवार १६:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु