"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंबाट १० लाख ४० हजार थान मास्क बरामद, ७ जना पक्राउ

काठमाडौ : प्रहरीले सतुङगल र कपनबाट १० लाख ४० हजार थान मास्क बरामद गरेको छ। कोरोना भाइरसको हल्लाले कालोबजारी बढेका बेला प्रहरीले गरेको अप्रेसनमा ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बोगटीकाअनुसार आइतबार बढी मूल्यमा बिक्री गरेर लैजादै गरेको बेला समाएपछि घटनाको अनुसन्धान गर्दै जाँदा आरडीजी इन्टरनेसनल प्रालिको गोदामबाट उक्त परिमाणको मास्क फेला परेको हो। मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइने प्रहरीले जनाएको छ। उनले घटनाको विस्तृत विवरण सोमबार दिउँसो २ बजे प्रहरी परीसर टेकुमा पत्रकार सम्भेलनमार्फत जानकारी दिने बताए ।

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको गुनासो छ।

मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको छ। व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन्। कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन्। व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो। नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ। यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ।

२०७६ चैत ३ गते सोमवार १७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु