"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

उदयपुर जीप दुर्घटनामा आठ जनाको मृत्यु

उदयपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुने सबै आठ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार को १ ज २५९३ नम्बरको जीप आज ११ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको थियो । घटनास्थलमा ७ र उपचारको क्रममा एकको मृत्यु भएको हो ।

घटनामा ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–२ का मान बहादुर बस्नेत (चालक), चन्द्रप्रकाश राई (हतुवागढी)२०, रामकुमारी राई (हतुवागढी)५ ०,पदमबहादुर थापा (बराहक्षेत्र)३०, दिशान राई (हतुवागढी)२०, इटहरीकी कमला अधिकारी र पर्वतमाया राई (हतुवागढी)२० रहेका  छन् ।

साथै, हतुवागढी–५ का किसन राईको बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै, घाइते हुनेहरुको पनि पहिचान खुलेको छ । घाइते हुनेमा विशेष पराजुली कानेपोखरी, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई, निकिता कटुवाल छन् ।

जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

२०८० चैत १ गते बिहीवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु