"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

हर्क साम्पाङले बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा धरानका मेयर हर्क साम्पाङले  लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

केही दिनअघि साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा गरेका तालाबन्दी खोल्न उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले आदेश दिएको हो ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटउपरको सुनुवाइमा उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।

साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए । अन्तरिम आदेशसँगै विपक्षीहरूलाई अदालतले कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

२०८० माघ ५ गते शुक्रवार १७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु