"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

विपीमा चिकित्सकको आन्दोलनले बिरामी अलपत्र

सुनसरी । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरुले अन्तर्वार्ता सूचारुको माग गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेसँगै बिरामीहरु अलपत्र परेका छन् ।

विपी प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामीहरु ओपिडीको टिकट काउन्टर नखुलेपछि बिरामीहरु अलपत्र परेका छन् भने फलोअपमा बोलाएको बिरामीहरु समेत अलपत्र परेका हुन् ।

बढुवा प्रकृया सुचारु गर्न गत कात्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरुको रोहवरमा पुस २ गते सुरु गरि १५ गतेसम्म आवश्यक प्रकृया पुरा गरेर लोक सेवा आयोग र स्वास्थ मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो ।

उक्त समय नाघिसक्दा समेत बढुवा प्रकृया सुचारु नभएपछि विपी प्रतिष्ठान अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्दको आह्वान गरी चिकित्सक, शिक्षक र कर्मचारीहरु पुनः आन्दोलनमा होमिएका छन् । जसको असर उपचारमा आएका नयाँ तथा फलोअपमा रहेको विरामीहरु तथा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा असर परेको छ ।

अस्पतालमा टिकटको लागि विहानैदेखि लाइन लागेपनि ओपिडीको काउण्टर नखुलेपछि बिरामीहरु निराश भएर घर फर्किन वाध्य छन् । तथापी केही टाढाबाट आएका बिरामीहरु भने खुल्ने आसमा बसिरहेका थिए ।

उपचारको लागि टाढाबाट आएकाले फर्किएर गईहाल्न पनि कता जानु ? का जानु ? भनी अलमल परेर बसेको पथ्रीबाट आउनुभएको बलभद्र मगरले बताए । चेकअपको लागी डाक्टरले नै आज बोलाएकोले यस्तो चिसोमा मौसममा पनि विहानै पथ्रीबाट आएको बिरामी मगरले बताए ।

२०८० माघ २ गते मंगलवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु