"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

खानेपानीलाई आमनागरिकको पहुँचमा पुर्याइन्छ : मन्त्री खाँन

काठमाडौ । खानेपानीमन्त्री अब्दुल खाँनले स्वच्छ खानेपानीलाई आमनागरिकको सहज पहुँचमा पु¥याउन सरकार लागिपरेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री खाँनले जनतालाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने विश्वास दिलाउनुभयो ।

कुनकुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरकै अध्ययन गरिने उल्लेख गर्दै उहाँले नेपालभित्र पानी नपुगेका जनसङ्ख्यालाई सहजरूपमा पानीको पहुँच पु¥याउन आफू अग्रसर रहने बताउनुभयो । मन्त्री खाँनले भन्नुभयो, “हामी खानेपानी निर्यात गर्दैछौँ । यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।” उहाँले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पु¥याउने भनेकाले आफू त्यसमा लाग्ने बताउनुभयो ।

विभिन्न जिल्ला भ्रमणमा रहनुभएका मन्त्री खाँनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पु¥याउने भनेकाले आफू त्यसमा लाग्ने बताउनुभयो ।

२०७९ माघ १७ गते मंगलवार २०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु