"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

राजतन्त्र ब्युँतिदैन : नेता सिटौला

झापा। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताउनुभएको छ ।

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताउनुभयो ।

आज भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गर्नुभयो ।

उहाँले नेपाली काङ्ग्रेसले घोषणपत्रमा समेटेको ‘३-७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताउनुभयो । काङ्ग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

२०७९ कात्तिक २४ गते बिहीवार १९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु