"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टी, दुईको मृत्यु

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हालसम्म नौ लाख ८५ हजार ८०८ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४२ हजार ३६३ रहेको छ । पछिल्लो समय थप २६९ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी पछिल्लो समय २८ हजार २५६ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३५६ रहेको छ । जसमध्ये होमआइसोलेशनमा चार हजार २०३, संस्थागत आइसोलेशनमा १५३, आइसीयूमा ३४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । —

२०७९ साउन १३ गते शुक्रवार २१:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु