"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

एक सातादेखि आरोलो लाग्दै आएको सुन आज प्रतितोला ४०० ले बढ्यो

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ ।

महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ८४० निर्धारण गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला रु ७० हजार ८००, तेजाबी सुन प्रतितोला रु ७० हजार ५०० र चाँदी प्रतितोला रु ८३० मा खरीद बिक्री भएको थियो ।

२०७६ मंसिर २६ गते बिहीवार १९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु