"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

चौतर्फि विरोधपछि सरकार पछि हट्यो, कर तिर्नुपर्ने मिति असार ७ गतेसम्म

काठमाडौँ । सरकारले कर तिर्ने समय बढाएर असार १५ गतेसम्म पुर्‍याएको छ । जेठ २५ गतेसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि आन्तरिक राजस्व विभागले शीर्षकअनुसार असार ७ देखि १५ गतेसम्म समय थपेको हो ।

विभागले १५ गतेसम्म तोके पनि उद्योगीहरुले भने लकडाउन खुलेको कम्तीमा ३ महिना समय चाहिने बताउँदै आएका छन् । लकडाउनले उद्योगधन्दा नै ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने उनीहरुको दाबी छ ।

उपमहानिर्देशक पाण्डेले यसबीचमा केही समस्या आए सहजीकरण गरिने उनले बताए । विभागले जारी गरेको सूचनाअनुसार करदाताले चैत महिनामा बुझाउनु पर्ने आयकरको दोस्रो किस्ता असार १५ गतेसम्म बुझाउनुपर्ने उल्लेख छ ।

सूचना

२०७७ जेठ २१ गते बुधवार १८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु