"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरुन् भनेर छ टोलीद्वारा बजार अनुगमन

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो । विभागको नेतृत्वमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल नापतौल तथा गुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुुगमन टोलीले नियमित रूपमा बजार अनुुगमन गरिरहेका छन् ।

उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमलाई तीव्र पारिएको बताउनुभयो । उहाँका अनुसार, डेढ सातादेखि दैनिक छवटा टोलीले बजार अनुगमन गरिरहेको छ । जसमा पाँचवटा टोलीले यो बेला बढी खपत हुने खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुटाछुट्टै अनुगमन गरिरहेको छ भने एउटा टोली विभागमै उजुरी र गुनासो आउने बित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा रहन्छ ।

२०७८ असोज १६ गते शनिवार ०७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु