"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

पहिरोबाट सडक अवरुद्ध भएपछि तरकारी, इन्धन र निर्माण सामग्री अभाव

म्याग्दी । आयात ठप्प भएपछि म्याग्दीमा तरकारी, इन्धन र निर्माण सामग्रीको अभाव भएको छ ।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतलाई जोड्ने मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड पहिराबाट अवरुद्ध भएपछि जिल्लामा तरकारी, इन्धन र निर्माण सामग्रीको अभाव भएको हो । उक्त सडक खण्ड शुक्रबारदेखि अवरुद्ध छ । यातायात सेवा बन्द हुँदा चार दिनदेखि जिल्लामा आयात, निर्यात ठप्प भएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीलगायत बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव हुन थालेको बताउनुभयो । “दश–पन्ध्र दिनलाई पुग्ने खाद्यान्न मौज्दात भए पनि दैनिक आवश्यक पर्ने तरकारी र इन्धनको अभाव भएको छ,” उहाँले भन्नुभयो ।

जिल्लामा प्रत्येक दुई दिनमा एक/एक ट्याङ्कर डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र प्रत्येक दिन दुई ट्रकका दरले निर्माण सामग्री आयात हुने गर्दथ्यो । जिल्लामा तीन पेट्रोल पम्प छन् । तरकारी बिक्रेता शिव सुवेदी तरकारी आयात नहुँदा गोदाम रित्तिएको बताउनुहुन्छ । बेनीमा पोखरा, चितवन, धादिङलगायत जिल्लाबाट दैनिक पाँच क्विन्टल तरकारी आयात हुन्थ्यो ।

काउली, सिमी, भन्टा, गोलभेँडा, करेला, प्याज, खुर्सानीलगायत तरकारीको अभाव भएको तरकारी व्यापारी जगन्नाथ चापागार्इंले बताउनुभयो । प्याज, लसुन र खुर्सानी बढी मात्रामा आयात हुने गरेको थियो । “तरकारीका सबै गोदाम रित्तिएका छन्,” उहाँले भन्नुभयो ।

२०७८ भदौ २१ गते सोमवार १९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु