"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रियो, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको कारण हाल देशभर आंशिक बदली रहेको छ । शुक्रबार मौसम पूर्वानुमान महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो ।

महाशाखाको अनुसार आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ।

मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ

२०७७ वैशाख १२ गते शुक्रवार १०:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु