"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप २७३ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाडौं । आज थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा यससँगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन्।

तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

२०७७ जेठ ३१ गते शनिवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु