"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सुनको मुल्य एकैदिन तोलाको २२ सयले बढ्यो, तोलाको ८० हजार ५ सय रुपैयाँ

काठमाडौं । साताको चौंथो दिन अर्थात नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज एकैदिन तोलामा २२ सय रुपैंयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

सुनको ाभाउ अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२०७६ फागुन २१ गते बुधवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु