महाशिवरात्रीको दिन पशुपतिनाथमा रौनक (फोटो फिचर)
काठमाडौं । महाशिवरात्रीको दिन पशुपतिनाथ देखिएका दर्शनार्थीको भीड, बाबाहरुको दृश्य र फूलैफूलले सजिएको पशुपति लोभलाग्दो देखिएको छ । पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलको बनाइएको छ, जसमा आकर्षक ढंगले ओमनम शिवाय देखिएको छ । शिवलिंगदेखि शिवको बहान साँढे समेत फूलैफूलले बनाइएको छ । मन्दिरको मूल गेटसमेत फूलले सजाइएको छ । आकर्षक तरिकाले सजाइएको फूललाई पृष्ठभूमिमा पारेर तस्वीर तथा सेल्फी खिच्नेहरुको भीड नै लागेको छ ।
२०७६ फागुन ९ गते शुक्रवार १७:४९ बजे प्रकाशित