"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

व्यापारीको चलखेल : दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यबृद्धि हुँदा नागरिकहरु चिन्तित

‘नुन र इन्धन’ निजी क्षेत्रलाई खुला गर्नु हुदैन, सरकार आफैले नियन्त्रण गर्न सुझाव

काठमाडौं । दैनिक उपभोग्य वस्तु चामल, तरकारी, घिउतेल, माछा–मासु लगायत दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि भएको छ । यो संगसगै नुन र इन्धन जस्तो दैनिक उपभोग्य वस्तु पनि निजि क्षेत्रलाई खुल्ला गर्नुले थप अनियमितता हुने देखिन्छ । खाद्य र गैह्र खाद्य वस्तुको मूल्यमा एकसाथ बढ्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

यस्तो नयाँ व्यवस्थाले बजार पूर्णरुपमा बेथिति तर्फ उन्मुख भई सरकारको नियन्त्रण भन्दा बाहिर माफियाको हातमा जान्छ । व्यवस्थीत नियम कानुन विना यसरी निजी क्षेत्रलाई सुम्पीदा के समस्या हुनसक्छ भन्ने तथ्यलाई सरकारले प्रष्ट पार्न सकेको छैन ।
सरकारले नयाँ व्यवस्थाको अभ्यास गर्नु पूर्व विभिन्न नियमक निकाय र सरोकारवाला पक्षहरु संग पनि छलफल गरेर अगाडि बढ्नु पर्ने तर यहाँ त व्यापारीसंग चलखेल गरि यस्तो कदम अगाडी बढाएको जस्तो देखिन्छ ।

विचौलियमहरुले असहज परिस्थीतिमा सो को फाईदा उठाउदै अत्यावश्यक पदार्थलाई अत्याधिक मुल्यमा विक्रि गर्न सक्ने उपभोक्ता पर्न सक्छन् । यस्तो विषयमा सरकार आफै पनि प्रभावकारी नियमन र अनुगमन गर्न नसक्ने र बजार अनियत्रीत हुन सक्ने देखिन्छ ।

थप भिडियोमा हेर्नुहोस् ।

२०७६ असार ८ गते आइतवार १४:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु