सरकारले ल्याएको बजेट उपभोक्ता मैत्री छैन : उपभोक्ताकर्मी रञ्जन खनाल
(थप भिडियोमा हेर्नुहोस् ।)

काठमाडौं । बजेटको कारण देखाउँदै बजारमा दाल, चामल र तेलमा अस्वभाविक मूल्यवृद्धि भएको छ । बजारमा मौज्दात (स्टक) नसकिँदै थोक विक्रेताहरुले खद्यान्नमा मूल्य बढाएर बिक्री गरेका हुन् ।
बजेटलगत्तै विभिन्न कारण देखाएर उपभोक्ताको ढाड सेक्ने गरी विभिन्न खाद्यान्नमा मूल्य बढाइएको हो । यसले एकैपटक चरम मूल्यवृद्धिको मारमा परेको कञ्जुमर आई नेपालका महासचिव रञ्जन खनालले भन्नुभयो ।
उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमनमा प्रभावकारी कदम र विज्ञ दक्ष जनशक्ति, साधन र स्रोतको कमि साथै विभिन्न नियमनकारी निकायविचको समन्यनको कठिनाईका कारण उद्योगी तथा ब्यापारीलाई पनि कालोबजारी गर्न सहज भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानीको मूल्य बढेको, कर बढेको, आयात महंगिएको लगायतका बाहना गरेर पुराना मौज्दात समानमै पनि मूल्य बढाएर बिक्री गरिँदै छ ।
थप भिडियोमा हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=Ds20JRsWdHI&feature=share
२०७६ जेठ १७ गते शुक्रवार १३:४० बजे प्रकाशित