"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । पटक(पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीले बताएको छ ।

२०७६ चैत ६ गते बिहीवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु