अनुगमन : भारतबाट फ्रेन्च फ्राई भन्दै गाईको मासु आयत गरेको खुलसा
काठमान्डौँ । भारतबाट आयत हुने केहि खाद्य सामाग्रीमा व्यापारीले गैरकानुनी रुपमा नेपालमा प्रतिवन्धीत वस्तुहरु लुकाएर ल्याएको अनुगमनका क्रममा खुलेको छ । बुधवार राजस्व अनुसन्धान विभागले काठमान्डौँ भित्रने नाका थानकोटमा नियमित अनुगमनका क्रममा केहि वस्तुहरु छलि गरेर ल्याएको पाईएको छ ।
आलु र केराउ भन्दै काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको छ । राजस्व अनुसन्धान विभागले काठमाडौंको नागढुंगाबाट २ वटा ट्रक नियन्त्रणमा लिएपछि काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको हो ।
सर्लाहीको मलंगवा नाका हुदैँ काठमाडौं आइरहेको २ वटा ट्रक नियन्त्रणमा लिएर त्यसमा सामान चेकजाँच गर्दा राजस्व छलेर १२ टन कुखुराको मासु र ५ टन गाईको मासु फेला परेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
मासु जाँचका लागि विभागले खाद्य तथा गुणस्तर विभागमा पठाउने तयारी गरेको छ। भारतबाट नेपालमा जिउदोँ तथा मासु ल्याउन प्रतिबन्ध छ । आलु र हरियो केराउ भन्दै उनीहरुले सर्लाहीको मलंगवा नाकाबाट गाई र कुखुराको मासु भित्र्याएको विभागका एक अधिकारीले जानकारी दिए।
मासु नेपालका सोल्टी, हायात लगायतका होटलहरुको लागि ल्याएको खुल्न आएको विभागले जनाएको छ । ती होटलहरुले राजस्व छलेर बाहिरबाट मासु अवैध तरिकाबाट मगाउने गरेको गुनासो आएपछि चलाइएको अभियानमा २ वटा गाडी विभागले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानमा भक्तपुरको दिप ज्योती ग्रुप एण्ड फुड्स प्रडक्सन प्रा. लि र अनामनगरको सि आर ट्रेडीङमा भारतबाट आलु, फ्रेन्च फा्रई, बेविकन, सफ्ट फुड्स भनेर अस्वस्थ्य चिकेन, गंङगटा, प्रतिवन्धीत गाईको मासु, भैसिको मासु आयत गरेको पाईएकोे छ ।
संयुक्त रुपमा नाकामा गरिएको अनुगमनमा दाना उद्योग संघ, कुखुरा उत्पादन संघ, भेटेनरी क्वारेन्टाई र कञ्जुमर आई नेपाल लगायत उपभोक्ता अधिकारकर्मी सहभागीता रहेको थियो । राजस्व अनुसन्धानका क्रममा यस्ता वस्तुहरु भेटिएको कञ्जुमर आई नेपाल कि अध्यक्ष विमला खनालले बताउनुभयो ।
खाद्य सामाग्रीमा व्यापारीले गैरकानुनी रुपमा नेपालमा प्रतिवन्धीत वस्तुहरु लुकाएर ल्याएको अनुगमनका क्रममा पाइएकाले कानुन बमोजीम कारवाही गर्न सम्वन्धीत सरोकारवाल पक्ष र सरकारलाई सुझाव दिएको खनालले बताउनुभयो ।
२०७६ कात्तिक २२ गते शुक्रवार १८:१८ बजे प्रकाशित