महिनादिन अगाडि नै सकियो दसैंको हवाई टिकट, हेर्नुस् यस्तो छ भाडादर

काठमाण्डौं, भदौ २९ गते ।
वायुसेवा कम्पनीले दसैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउँदै टिकट सकिएको छ । फूलपातीदेखि टिकासम्मका सस्ता टिकट सकिएको छ भने महङ्गो टिकट पनि सकिएको बताइएको छ ।
टिकट विभिन्न पेमेन्ट गेटवे र हवाई कम्पनीको अनलाईनमार्फत बुकिङ गर्ने सुविधा भएकोले एक महिना अगाडि नै सकिएको हो । इसेवा, आइएमई पे, प्रभु पे र खल्तीजस्ता अनलाइन एपमार्फत टिकट बुकिङ हुने भएकाले उपभोक्ताले अग्रिम टिकट काटेका हुन् ।
भाडादर
गन्तब्य न्यूनतम भाडादर अधिकतम भाडादर
काठमाडौं-विराटनगर ४,७०० ७,५५०
काठमाडौं-भद्रपुर ५,५०० ९,१००
काठमाडौं-सिमरा ३,१२० ३,१२०
काठमाडौं-भैरहवा ४,३०० ६,२००
काठमाडौं-धनगढी ५,९०० १२,६५०
काठमाडौं-तुम्लिङटार ६,००० ६,०००
काठमाडौं-पोखरा २,७०० ५,०५०
काठमाडौं-भरतपुर २,९५० ३,६५०
काठमाडौं-जनकपुर ३,४०० ४,३००
काठमाडौं-नेपालगञ्ज ५,६०० १०,०००
२०७६ भदौ २९ गते आइतवार ०८:२४ बजे प्रकाशित