धुलो र हिलोकोबारे सामाजिक संजालमा पेचिलो प्रश्न
सामाजिक संजालमा (हरि शरण भण्डारी) लेख्छन् …
आखिर कहिलेसम्म नेपालका निमुखा जनताले सेतो हात्ती पालेर बस्न सक्लान् खोइ रु राजधानीको तीनथाना ९ चन्द्रागिरी नगरपालिका वडा नं. १५ को कार्यालय देखि मच्छेगाउँ जोड्ने ब्यस्त महत्पूर्ण मूल बाटोको हालत ज्यादै विग्रीएको छ । यस बाटोका सरोकारवालाहरू भन्छन्, फोक्सो भरिने धूलो खप्नुभन्दा त बरू हिलो नै जाति रे।
मुलुकमा जनताले आशा र भरोसा गरेको तीनतहको शक्तिशाली जनपक्षीय सरकार छ, गाउँगाउँमा सिंहदरबार छ भनिन्छ । झरिमा उम्रिएका च्याउझैं मुलुकभरि जताततै राष्ट्रिय ढुकुटीमा रजाइँ गर्ने सुविधाभोगी सानाठूला कदका नेताहरू छन् तर जनताहरू भने सधैं आश्वासन र आसैआसमा चरम महंगी, भ्रष्टाचार, अव्यवस्था र करको बोझले थिचिएर कहिले सम्म बाच्नु पर्ने हो ।
त्यसो त यी सबै कुरा आफूले पनि भोगेका र खपेका पार्टीका केही ईमानदार असल कार्यकर्ताहरू तथा हितचिन्तकहरू अन्धो भएर निरीहता प्रदर्शन गर्दै अझै जयजयकार गर्न मै रमाइरहेका देखिन्छन् । हाम्रा आदरणीय महान नेताहरूले ल्याएको हाम्रो संघीय गणतान्त्रिक नयाँ नेपालमा धुलो र हिलोको साम्राज्य भित्र सडकमा भएका खाल्डोमा कुन बेला खसीन्छ भन्दै आम सडक उपभोक्ताहरु चिन्ता लिदैछन् । सरकारले बाडेको सुख र समृद्धि हिलोमा मिसायर ग्रहण गर्ने कि धुलोमा मिसाएर रमाउने ।
२०७६ साउन १७ गते शुक्रवार १४:०५ बजे प्रकाशित