"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सामाजिक अभियानमा मुस्ताङका युवाहरु सक्रिय

मुस्ताङ । नयाँ बर्ष २०७६ को अवसरमा मुस्ताङका युवाहरुले सामाजिक अभियानका रुपमा प्रशिद्ध धार्मिक धाम मुक्तीनाथको वरिपरि सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । उक्त सरसफाई कार्यक्रममा पचाँस भन्दा बढि युवाहरुको उपस्थीति रहेको थियो । विगतका केहि समय देखि मुक्तीनाथ क्षेत्र वरिपरि फोहोर देखिन थालेपछि मुस्ताङ जिल्ला ने.वि.संघ र तरुण दलका युवाहरुले सामुहिक रुपमा सरसफाईको कार्यक्रम आयोजना गरेका हुन् ।


उक्त सरसफाईका क्रममा तिन देखि चार घण्टाको समयमा करिव एक मिनि ट्रक फोहोरो संकलन भएको नविन सेरचन, तरुण दण मुस्ताङका कोषाध्यक्ष नविन शेरचनले बताए । मुस्ताङका विभिन्न क्षेत्रमा पर्यटक र मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरुलेको बाक्लो उपस्थीतिले दिनप्रति दिन फोहोर बढेकाले अब नियमित रुपमा यस्ता सामाजिक अभियानका कार्यक्रम अन्य पर्यटकिय र धार्मिक क्षेत्रमा पनि गरिदै जाने शेरचनले बताए । फोहोर संकलन सरसफाई कार्यक्रमको अगुवाई युवा नेता तथा समाजसेवी अविनाश गौचन थकालीले गरेका थिए ।


सरसफाईका लागि आवश्यक पुर्वाधार र जनशक्ती कम भएकाले र पर्यटक र दर्शनार्थीहरुलेको बाक्लो उपस्थीतिले दिनप्रति दिन फोहोर बढेको र आफुहरुले पनि असहज महशुस गरेको मन्दिरका पुजारीले बताए ।


मन्दिर नियमित सरसफाई गर्नका लागि २ जना कर्मचारीको नियुत्ती गरिए पनि उनिहरुले मात्र सबैक्षेत्रमा सरसफाई गर्न नसक्दा फोहोर भएको हो । अब छिटै केहि अन्य कर्मचारीको पनि नियुक्ती गर्ने र यसरी नै सामाजीक परिचालन पनि गर्ने सोच रहेको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, गंगा बहादुर क्षेत्रीले बताए ।

२०७६ वैशाख ३ गते मंगलवार १२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु