प्रतिनिधिसभा चुनावका लागि ५ अर्ब बजेट स्वीकृत
काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ।
निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँको बजेट माग गरेको थियो भने अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार चुनावका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको छ। आवश्यक परे भविष्यमा थप बजेटको व्यवस्था सरकारले गर्ने तयारीमा छ।
२०८२ कात्तिक २८ गते शुक्रवार १७:१६ बजे प्रकाशित























