"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको म्याद ५ दिन थप्ने तयारी गरेको छ।

आयोगले यसअघि कात्तिक मसान्तसम्म दर्ता गर्न सकिने व्यवस्था गरेको थियो। तर दर्तामा देखिएको बढ्दो उत्साह र चापका कारण म्याद थप्ने तयारी भइरहेको आयोग स्रोतले जनाएको छ।

यसअघि आजै प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद थप गर्न आग्रह गरेकी थिइन्। भण्डारीले प्रधानमन्त्रीको आग्रहप्रति आयोग सकारात्मक रहेको बताए।

राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा अनलाइनमार्फत दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि हिजोदेखि नाम दर्ता गर्नेको चाप तीव्र बढेको आयोगले जनाएको छ।

२०८२ कात्तिक २८ गते शुक्रवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु