"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सन्तोष परियारले छाडे रास्वपा, छुट्टै अभियान सुरु गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी त्यागेका छन्। पार्टीबाट राजीनामा दिएर अब छुट्टै अभियान सुरु गर्न लागेको उनले पुष्टि गरे।

परियार विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए। उनले पार्टी सदस्यताबाट राजीनामा दिँदै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र बुझाएका छन्।

हालै रास्वपा नेतृत्व परिवर्तनको बहस चर्कँदा परियार पनि सक्रिय थिए। चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए।

परियारको राजनीतिक पृष्ठभूमि कम्युनिस्ट आन्दोलनसँग जोडिएको छ। पार्टी स्रोतका अनुसार उनी जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द ‘विप्लव’, मानुषी यमीलगायत नेतासँग संवादमा रहेका छन्।

२०८२ कात्तिक २८ गते शुक्रवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु