"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

जनकपुरधाम । मधेश प्रदेशमा हालै गठन भएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरिएको भन्दै रक्कीप्रसाद साह र सुजित यादव ले आज रिट दायर गरेका हुन्।

रिटमा मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभा लाई विपक्षी बनाइएको छ।

रिटदाताहरूले संविधानको धारा १६८ को उपधारा (२) अझै जीवित रहेको अवस्थामा उपधारा (३) अनुसार सरकार गठन गर्नु असंवैधानिक भएको दाबी गरेका छन्।

२०८२ कात्तिक २४ गते सोमवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु