अब हामी कहिल्यै फुट्ने छैनौं भन्ने संकल्पका साथ अघि बढौं: झलनाथ खनाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा अब कहिल्यै नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न सबैलाई आग्रह गरेका छन्।
खनालले सभा समक्ष भने, “यहाँ आज एकताका लागि जम्मा भएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं। यो संकल्पका साथ अघि बढौं।”
उनले विगतमा भएको कम्युनिस्ट एकताको जिकिर गर्दै भने, “ए र कता अलग भए। तर अब हामी नयाँ ढंगले सोचौँ र पार्टीभित्रको सहकार्यलाई बलियो बनाऔँ।”
साथै, उनले सबै कम्युनिस्ट नेताहरूलाई एकअर्कामाथि आरोप–प्रत्यारोप नगर्न पनि आग्रह गरे, ताकि पार्टीको स्थायित्व र एकता कायम रहोस्।
२०८२ कात्तिक १९ गते बुधवार १७:१७ बजे प्रकाशित























