"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चित्रकारको स्वास्थ्य सुधारउन्मुख : कामै नलाग्ने अवस्थामा देब्रे हात

काठमाडौँ। कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आउँदै गएको छ।

कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकारले नेता खनालकी पत्नी चित्रकारको स्वास्थ्यमा सुधार आउँदै गएको जानकारी दिए ।

उनी भन्न्छन्, “उहाँको अस्पतालको आइसियूमा उपचार भइरहेको छ। अस्पतालमा ल्याएको भन्दा  स्वास्थ्यमा सुधार आउँदै गएको छ।”

डा। ताम्राकारका अनुसार श्वासप्रश्वास नलीमा असर गरेको हुँदा उनको छाती हल्का सङ्क्रमण देखिरहेको छ। उनको जलनको घाउँमा डे«सिङ हुँने गरेको उनले जानकारी दिए।

उनी भन्छन्, “जलन भएको ठाउँमा दैनिक डे«सिङ गर्दै आएका छौँ। देब्रेहात अत्याधिक जलनको कारणले गर्दा कामै नलाग्ने अवस्थामा छ।”

भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा उहाँ जलेर घाइते भएको हो।

२०८२ असोज २ गते बिहीवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु