यस वर्षको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ ।
समितिले सूचना जारी गरेको सुचना अनुसार बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको छ।
त्यस दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ ।
समितिले जारी गरेको सूचना अनुसार असोज ६ गतेदे बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत छ ।
असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने समितिको सूचनामा उल्लेख गरिएको छ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ ।
असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार महानवमी परको छ ।
२०८२ असोज १ गते बुधवार १७:२५ बजे प्रकाशित























