"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

माधवको टिप्पणी: ओलीको दम्भ र अहंकारले मुलुकलाई अकल्पनीय क्षति

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै तत्कालीन सत्ताधारीको दम्भ रअहंकारले मुलुकले अकल्पनीय क्षति बेहोर्नुपरेको टिप्पणी गरेका छन्बु

धबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले जेन–जी मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनहार युवाहरूले शहादत प्राप्त गर्नुपर्‍यो भने हाम्रो मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति बेहोर्नुपरेको बताएको हुन् ।

‘जेन–जी आन्दोलनका मागहरूप्रति पार्टीको तर्फबाट आन्दोलन पूर्व नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको कुरालाई म स्मरण गर्दछु,’ अध्यक्ष नेपालले लेखेका छन्,

आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको पनि उनले उल्लेख गरेका छन्। ‘र, निर्वाचनको मिति समेत घोषणा भएको छ,’ अध्यक्ष नेपालले वक्तव्यमा अगाडि लेखेका छन्, ‘अत: बिना कुनै पूर्वाग्रह इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासन कायम र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्ने एवं युवा पुस्तालाई मुलुकमै बस्न लायक अवसर तथा वातावरण निर्माण गर्न सकेमा मात्र पछिल्लो जेन–जी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछु उनले लेखेका छन्।

२०८२ असोज १ गते बुधवार १७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु