सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले आन्तरिक र बाह्य ऋणसहित कुल २६ खर्ब ६९ अर्ब ६५ करोड ऋण तिर्न बाँकी रहेको छ
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड छ । अघिल्लो वर्ष कुल सार्वजनिक ऋण गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.७१ प्रतिशत थियो भने चालु आर्थिक वर्षमा यो बढेर ४३.७१ प्रतिशत पुगेको छ ।
आन्तरिक ऋणतर्फ सरकारले चालु वर्षमा रु. ३२९ अर्ब ९९ करोड परिचालन गरेको छ भने रु. २४३ अर्ब ९१ करोड साँवा भुक्तानी गरेको छ । यसरी यस अवधिमा रु। ८६ अर्ब ८ करोड खुद आन्तरिक ऋण परिचालन भएको हो, जुन कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत बराबर हो ।सरकारले चालु वर्षमा रु. १२५ अर्ब ४० करोड बाह्य ऋण परिचालन गरेको छ ।
२०८२ भदौ ८ गते आइतवार १७:२२ बजे प्रकाशित























