संसद्बाट बाहिरियो राप्रपा, रास्वपा वेलमै बस्यो

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरेको छ।
रास्वपाका सांदहरुले प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन्।
अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर यी दुई दल २६ दिन देखि संसद्मा विरोध गरिरहेका छन् ।
२०८२ असार ८ गते आइतवार १७:०७ बजे प्रकाशित