प्रतिनिधिसभामा माओवादी बोल्दा रास्वपा र राप्रपा सांसदको ढ्यापढ्याप

काठमाडौँ । प्रतिनिधिसा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर टेबुल ढ्यापढ्याप पारिरहेका छन् । त्यही ढ्यापढ्यापबीचम प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले धारणा राखिरहेका छन् ।
सभामुख घिमिरेले आलोपालो सबै दललाई बोल्न समय दिइने बताए पनि रास्वपा र राप्रपा सांसदले अवरोध जारी राखेका हुन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बोलिरहँदा दुई दलका सांसदले भने विरोध जारी राखेका छन् ।
शुक्रबार दिउँसो प्रतिनिधि सभाको अवरोध अन्त्य गरी बैठक सुरु गर्न सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सहमति गरेका थिए । तर रास्वपा र राप्रपाले भने सदनमा अवरोध जारी राखेका छन् ।
२०८२ जेठ ३० गते शुक्रवार १७:२७ बजे प्रकाशित