प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताएको छन ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व उपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबाु आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।
उनले आफू र प्रधानमन्त्री ओली जेलमासँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए। उनले आफूहरुबिच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत भावना रहेको बताए । सभापति देउवाले भनृे,’ओलीजी र हाम्रो पार्टीको बिचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ ।’
सभापति देउवाले स्व. गिरिजाप्रसाद कोईराला निडर व्यक्ति रहेको बताए।
२०८१ चैत १२ गते मंगलवार १७:३४ बजे प्रकाशित