"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री  बद्री पाण्डेले नेपाल र इन्डिोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताउनु भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धको छलफलका क्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएको हो ।

उनले नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको समितिलाई जानकारी गराए।

छलफलको क्रममा मन्त्री पाण्डेले भने, ‘‘नेपाल एयरलाईन्सलाई बलियो बनाउनुको विकल्प छैन । नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउनका लागि हवाईजहाज खरिद नगरी कुनै उपाय नै छैन ।’’

नेपाल एयरलाइन्स जति बलियो भयो, जति क्षमतावान भयो उत्ति नै यसले परिणाम दिने हो । मन्त्री पाण्डेले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको उल्लेख समेत गरे।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्नेसम्बन्धी विधेयकहरु मन्त्रिपरिषदबाट स्वीकृत भई आगामी चैत १४ गते प्रतिनिधि सभामा प्रस्तुत हुनेसमेत बताए।

मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्र्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धनमा मन्त्रिपरिषदबाट कार्ययोजना कार्ययोजना स्वीकृत गराई लागू गरिएको समेत जानकारी गराए।

२०८१ चैत ११ गते सोमवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु