माओवादीको नेतृत्वमा रहेका सबै १२३ स्थानीयतहमा जनताको मन छुने काम भइरहेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएका छन् । मालिका गाउँपालिका गुल्मीको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टीले जितेका पालिकाबाट नै समाजवादउन्मुख कार्यक्रम अघि सार्ने बताउँदैै भने, ‘१२३ वटै पालिका प्रमुख, उपप्रमुखसहित पार्टी नेताहरूलाई केही दिनमै काठमाडौंमा बोलाएर प्रशिक्षण दिँदैछौं । त्यहाँ समाजवादउन्मुख अर्थतन्त्र आ(आफ्नो विशेषता अनुसारको विज्ञ र विशेषज्ञसहितको तालिम दिएपछि हाम्रो नेतृत्वमा रहेका सबै पालिकाहरुले जनताको मन छुने र समृद्धिको यात्रालाई गति दिनेछन् ।’
उनले माओवादीले जितेको पालिकाहरूमा राम्रो काम भइरहेको दाबी गरे ।
२०८१ फागुन १ गते बिहीवार १७:२५ बजे प्रकाशित