"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जुम्लामा फेरि ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प

जुम्ला । जुम्लाको पाटमारा क्षेत्र केन्द्रबिन्दु भएर बुधबार दिउँसो फेरि भूकम्प गएको छ । दिउँसो ३ः३८ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाको पाटमारा क्षेत्रमा थियो ।

हालसम्म भूकम्पका कारण कुनै क्षति भएको जानकारी प्राप्त नभएको भए पनि स्थानीयवासीहरू केहीबेरका लागि त्रसित बनेका थिए । यसबारे थप विवरण आउन बाँकी छ ।

२०८१ माघ ३० गते बुधवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु